यू–१६ दुई दिवसीय क्रिकेट लिग चैत अन्तिम साताबाट

डिसी नेपाल
१६ फागुन २०७६ १६:३८

झापा । दमक सुपर लिग यू–१६ दुई दिवसीय क्रिकेट चैत अन्तिम साताबाट सुरु हुने भएको छ । दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत २९ गतेबाट सुरु हुनेछ ।

१५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ भने राउण्ड रोबिन लिगपछि पहिलो स्थान हासिल गर्ने दुई टोली सिधै फाइनलमा प्रवेश गर्नेछन् ।

सहभागि टोलीहरुमा पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर, सुनसरी जिल्ला क्रिकेट संघ, विराटनगर क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी रहेका छन् । अर्को टोलीको सहभागित हुन निश्चि हुन बाकी रहेको छ ।

प्रतियोगिता संयोजक रोशन धितालले पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्रतियोगिता प्रबद्र्धनका लागि सद्भावना दुत रहने जानकारी दिए । प्रतियोगितालाई सफ्टवेर डेभ्लोभमेन्ट कम्पनी सन्बीले मुख्य प्रायोजन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *