बी डिभिजन लिगः सचुको ह्याट्रिक, नयाँ बस्तीको फराकिलो जित
![बी डिभिजन लिगः सचुको ह्याट्रिक, नयाँ बस्तीको फराकिलो जित](https://www.dcnepal.com/wp-content/uploads/2020/02/1582891737naya_basti.jpg)
काठमाडौं । नयाँ बस्ती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार झम्सिखेल युथ क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै नयाँ बस्तीले पहिलो जित निकालेको हो ।
नयाँ बस्तीको जितमा सचु गुरुङले ह्याट्रिक गरे । यस्तै सुमन युङ्गा र साजन राईले एक एक गोल गरे । झम्सिखेलका मदन स्याङ्तानले एक गोल फर्काए ।
जितसँगै नयाँ बस्तीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा नयाँ बस्ती सातदोबाटो युथ क्लबसँग २-० गोल अन्तरले पराजित भएको थियो ।
झम्सिखेलले २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा झम्सिखेल आरसीटिसँग बराबरीमा रोकिएको थियो ।
प्रतिक्रिया
Facebook Comment