इरानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुग्यो

काठमाडौँ । चीनमा सबैभन्दा धेरै मानिसको ज्यान दिएको कोरोना भाइरसबाट इरानमा २२ जनाको ज्यान गएको छ । हालसम्म इरानमा २ सय १० जना संक्रमित भएको पुष्टी भएको छ ।
सुरुमा चीनबाट फैलिएको कोरोना संक्रमण हाल विश्वका अधिकांश देशमा देखिन थालकेो छ। चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा यसको संक्रमण देखिएको छ ।
शनिबार बिहानसम्म कोरियामा १ हजार ७ सय ६६ जना संक्रमित भएका छन् भने १३ जनाले ज्यान गुमाएका छन् । कोरियामा चीन पछि सबैभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
प्रतिक्रिया
Facebook Comment