सेप्टेम्बरमा हुने एसिया कप पाकिस्तानमा नहुने

काठमाडौं। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एयिा कप अब पाकिस्तानमा नहुने भएको छ । भारतीय टिमले पाकिस्तान जान नमानेपछि अब यो प्रतियोगिता दुबइमा सारिएको छ । बीसीसीआइका अध्यक्ष सौरभ गांगुलीले यो जानकारी दिएका हुन् । उनका अनुसार दुबइमा हुने प्रतियोगितामा भारत र पाकिस्तान दुवै देश सहभागी हुनेछन् ।
यसअघि एसिया कप आयोजनाको अधिकार पाकिस्तानलाई दिइएको थियो । अब यो प्रतियोगिता दुबइ सारिएको हो । एसियाली क्रिकेट परिषदको बैठकमा भाग लिन दुबइ जानुअघि गांगुलीले यो जानकारी दिएका हुन् ।
प्रतिक्रिया
Facebook Comment