सन्दिप लामिछानेको टि–२० मा सय विकेट पूरा, लगातार २ बलमा लिए २ विकेट

काठमाडौं। नेपाली लेगस्पिनर सन्दिप लामिछानेले सय टि–२० विकेटको कोसेढुंगा पार गरेका छन् । एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा मलेसियाविरुद्ध आफ्नो पहिलो ओभरमै २ विकेट लिएसँगै सन्दिपले आफ्नो टि–२० करिअरमा १०१ विकेट पूरा गरे ।
सन्दिपले अहिलेसम्म नेपालको राष्ट्रिय टोलीका लागि ३० टि–२० विकेट लिए । यसअघि उनले आइपिएलका २ सिजनमा १३ विकेट, क्यारेबियन प्रिमियर लिगका २ सिजनमा १५, बिग बाश लिगका २ सिजनमा २६, अफगान प्रिमियर लिगमा २, बंगलादेश प्रिमियर लिगमा ४, पाकिस्तान सुपर लिगमा ११ विकेट लिएका छन् ।
प्रतिक्रिया
Facebook Comment