नेपाललाई १५५ रनको लक्ष्य

डिसी नेपाल
१७ फागुन २०७६ १३:५९

काठमाडौं। एशिया इस्टर्न रीजन ट्वेन्टी२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले १५५ रनको लक्ष्य पाएको छ । थाइल्यान्डमा भइरहेको खेलमा मलेशियाले नेपालविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो।

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले तीन, अविनाश बोहराले दुई र करण केसीले एक विकेट लिए। मलेशियाका तर्फबाट सैयद मुबारकले नटआउट ५१, अनवर अरुदीनले ३१, मोहम्मद फैज नूरले ३० रन र अमिनुद्दिन रामलीले २९ रन बनाए।

प्रतियोगितामा थाइल्यान्ड, सिङ्गापुर र हङ्‍कङ समावेश छन्। सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछ। मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनौट हुनेछ। एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश, पाकिस्तान र अफगानिस्तान पनि सहभागी हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *