नेपाललाई दोस्रो झट्का, पारस खड्का पनि पभेलियन फर्किए

काठमाडौं । एसीसी ईस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछाइरहेको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नेपालले पारस खड्काको रुपमा दोस्रो विकेट गुमाएको हो । पारस ९ रन बनाएर आउट भए । पारसलाई इजाल इरदुलले आउट गराएका थिए । यसअघि नेपालले कुशल मल्ललाई पहिलो विकेट गुमाएको रुपमा गुमाएको थियो ।
थाइल्यान्डको बैंककमा भइरहेको खेलमा नेपालका लागि ओपनरमा आएको कुशल मल्ला रन नबनाएर आउट भएका हुन् । नेपालका लागि अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र ऐरी रहेका छन् । चार ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर २४ रन बनाएको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभर खेलेको मलेसियाले ६ विकेट गुमाउँदै १५४ रन पूरा गरेको थियो ।
Facebook Comment