एसीसी इस्टर्न रिजन टि–२० को पहिलो खेलमै नेपाल पराजित

काठमाडौं। एशिया इस्टर्न रीजन ट्वेन्टी२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै नेपाल पराजित भएको छ । १५५ रनको लक्ष्य पच्छ्याएको नेपाल १३२ रनमै अलआउट भएको हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८ रन बनाए । पवन सर्राफले १९ रन बनाए । यी ३ बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि नेपाल पराजित भएको हो ।
यसअघि नेपालका लागि स्पीनर सन्दीप लामिछानेले तीन, अविनाश बोहराले दुई र करण केसीले एक विकेट लिए। मलेशियाका तर्फबाट सैयद मुबारकले नटआउट ५१, अनवर अरुदीनले ३१, मोहम्मद फैज नूरले ३० रन र अमिनुद्दिन रामलीले २९ रन बनाए।
प्रतियोगितामा थाइल्यान्ड, सिंगापुर र हङ्कङ समावेश छन्। सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछ। मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनौट हुनेछ। एशिया कपमा भारत, श्रीलंका, बांगलादेश, पाकिस्तान र अफगानिस्तान पनि सहभागी हुनेछन्।
(१) परम्परा अनुसार नै , हिन्दु र बुद्धिस्ट बिहे गर्न हुन्छ , गर्छन ( अहिले मोडर्न युग भएको हुनाले , बनाएको चलन होला भन्नि सोचाई गर्लान तर हैना :- पहिला देखि नै , हिन्दू र बुद्धिस्ट बिहे गर्न हुन्छ , चल्छ :- बर्मा भनेको क्षेत्री हो । अंशु वर्माकी छोरी ” भृकुटी ” परम्परा अनुसार नै चाइनामा , बुद्धिस्टसंग बिहे गरेर दिएका। (२) गुप्ता भनेको पनि क्षेत्री हो परापुर्ब काममा नेपालमा क्षेत्री राजा हुँदा ( गुप्ता राजा ) थिए । तर पछिल्लो समय तीर :- भारत मा पनि गुप्ता भन्नि लेखन थाले, देखिन थाले ( नेपालको तराईमा भएको गुप्ता भारत बाट नेपाल पसेको ) (३) शिख धर्म को शुरुआत Main मान्छे त क्षेत्री ले नै गरेको हो नि ( तर शिख धर्म भित्र , माथिल्लो , तल्लो जुनसुकै पसेयो ) हिन्दू र शिख पनि बिहे गर्न हुन्छ ( ४) बुद्धिस्ट र शिख पनि बिहे गर्न हुन्छ (५) हिन्दू र जैन पनि बिहे गर्न हुन्छ। (५) बुद्धिस्ट र जैन पनि बिहे गर्न हुन्छ। यति महान , यति बृहत् छ , यस्तो राम्रो त कहि पनि छैना।