सिंगापुरका कप्तान डेभिड र दक्षिण अफ्रिकाका अलराउण्डर फुलरले चितवनबाट ईपीएल खेल्ने

काठमाडौं । टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका क्रिकेटर जेम्स फुलरले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । चितवन शनिबार प्रेस विज्ञप्ति निकाल्दै जेम्सले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ ।
न्युजिल्याण्डमा जन्मिएका जेम्ससँग इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलेको अनुभव रहेको छ । उनले इंग्ल्यान्डमा मिडलएक्स, हाम्सायरबाट खेलिसकेका छन् । ३० वर्षे अलराउन्डर जेम्सले टी–ट्वान्टीमा ९६ विकेट लिईसकेका छन् ।
यस्तै चितवनले सिंगापुरका टिम डेभिडलाई पनि अनुबन्ध गरेको छ । सिंगापुरका कप्तान समेत रहेका टिमसँग अष्ट्रेलियाको बिग बास लिग खेलेको अनुभव रहेको छ । पर्थबाट बिग बास खेलिसकेका उनी हार्ड हिटीङ ब्याट्सम्यान हुन्।
२३ वर्षे टिमले आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालविरुद्ध अर्धशतक बनाएका थिए । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
Facebook Comment