बूढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

धरान । मनाङ मर्स्याङ्दी क्लबले २२ औं बूढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
धरान रंगशालामा शनिबार भएको फाइनलमा पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो ।
मनाङलाई उपाधि दिलाउन दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले एक एक गोल गरे । पुलिसका भोला सिलवालले एक गोल फर्काए ।
उपाधिसँगै मनाङले १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाखमा चित्त बुझायो । यस अघि सेमिफाइनलमा मनाङले भारतको युके एफसीलाई २–० गोल अन्तरले हराएको थियो ।
पुलिसले भने मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment