गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट: मंसापुर र कोईलाडि फाईनलमा भिडने

बभनगामाकटी । गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत सातौं दिनको एक मात्र खेलमा कोईलाडिले कोमधेपुरालाई ६ विकेटले पराजित गर्दै आईतवार मंसापुरसंग हुने फाईनलको लागि आफनो स्थान पक्का गरेको छ ।
शनिवार भएको खेलमा मधेपुराले टस जिती पहिलो ब्याटिग गर्ने निर्णय गरेको थियो। मधेपुरा निर्धारित २० ओभरको खेलमा १६ ओभर २ बलमा आफना सम्पुर्ण विकेट गुमाई ६३ रनमै समेटिएको थियो । मधेपुराका तर्फबाट प्रमोद यादवले नटआउट रहि ११ रनको योगदान दिएका थिए भने रोशन सिंह र बिष्णु यादवले सामान १० रनको योगदान दिएका थिए । बलिंग तर्फ कोईलाडिका रोबिन सिह, जुगनु मण्डल र मो गुदवले सामान ३ बिकेट लिएका थिए भने रोशन मण्डलले १ बिकेट लिएका थिए ।
६४ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको कोईलाडिले उक्त लक्ष्य सजिलै ११ ओभर ५ बलमा ४ बिकेटको नोक्सानीमा भेटाएका थिए । कोईलाडिका लागि मो गुदवले १५ तथा जुगनु मण्डलले १० रनको योगदान दिएका थिए । बलिग तर्फ को मधेपुराका प्रमोद यादवले२ तथा अभय सिंह र रोशन सिंहले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच कोईलाडिका जुगनु मण्डल घोषित भएका थिए ।
Facebook Comment