पिएसजीको फराकिलो जीत, लिगमा १३ अंकको अग्रता

डिसी नेपाल
१८ फागुन २०७६ १०:११

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले डिजोनमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले डिजोनमाथि ४–० को जित हासिल गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने पाब्लो सार्बिया र माउरो इकार्डीले एक एक गोल गरेका थिए । यो जितसँगै पिएसजीले लिगमा १३ अंकको अग्रता कायम राखेको छ ।

पिएसजीको २७ खेलमा ६८ अंक छ भने दोस्रो स्थानमा रहेको मार्सेलीको २७ खेलमा ५५ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *