अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा दक्षिण अफ्रिकाको जीत

काठमाडौँ । दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न पहिलो एकदिवसीय खेलमा दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई ७४ रनले पराजित गरेको छ ।
दक्षिण अफ्रीकाले दिएको २९२ रनको लक्ष्य पछाएको अस्ट्रेलिया ४५.१ ओभरमा २१७ रन बनाउदा अलआउट भएको थियो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ७६ रन बनाए भने डेविड वार्नरले २५, मार्नस लाबुशानेले ४१ रन बनाए ।
दक्षिण अफ्रीकाका बलर लुंगी एनगिडीले ३ विकेट लिए भने एनरीच नोर्टजे र ताब्रेज शाम्सीले २–२ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाएर २९१ रन बनाएको छ ।
दक्षिण अफ्रीकाका लागि हेनरिच क्लासेनले अविजित १२३ रन बनाएका थिए । त्यस्तै डेविड मिलरले ६४, कीले भरेयानेले ४८ रन बनाएका थिए । अस्ट्रेलियाका बलर पाट कमिन्सले ३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए । यो जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीका १–० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल मार्च ४ मा हुने छ ।
Facebook Comment