पोर्नस्टार बन्ने घोषणा गरेकी युवती पक्राउ परिन्

काठमाडौं। पोर्नस्टार बन्ने घोषणा गरेकी ओस्कार विजेता फिल्म निर्माता टिभल स्पिलबर्गकी छोरी मिकायला जर्ज पक्राउ परेकी छिन् । उनलाई घरेलु हिंसाको मुद्दामा पक्राउ गरिएको हो । मिकायलाका हुनेवाला पति चक पेनकोले फक्स न्यूजसँग कुरा गर्दै यको पुष्टि गरे ।
उनले भने ‘यो घटना सही हो तर एउटा असमझदारीका कारण यस्तो भयो । उनलाई शनिबार २९ फेब्रुअरीका दिन बिहान साढे ६ बजे पक्राउ गरिएको हो । त्यसपछि उनलाई डिटेन्सन सेन्टर लगिएको थियो । त्यहाँ १ हजार डलर धरौटीमा उनी छुटेकी छिन् ।’ मिकायलाका हुने वाला पति चकले मिकायलाको पोर्नस्टार बन्ने विचारको समर्थन गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment