खप्तड गोल्डकपः थ्री स्टार फाईनलमा

डिसी नेपाल
१८ फागुन २०७६ १७:३४

धनगढी । थ्री स्टार सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कैलाली हसनपुरमा आइतबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा थ्री स्टारलाई जित दिलाउन आशिष राईले निर्णायक गोल गरे । उनले खेलको २४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच थ्री स्टारका अनन्त तामाङ चुनिए ।

अब थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम–११ को सामना गर्नेछ । सोमबार भएको खेलमा विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार प्रदान गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *