कोईलाडिले चुम्यो गजेन्द्र नारायण सिंह स्मृतिको ट्रफि

डिसी नेपाल
१८ फागुन २०७६ १९:३५

बभनगामाकटी । गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उपाधि कोईलाडिले जितेको छ। आईतवार सम्पन्न फाईनलमा कोईलाडिले ८१ रनको जित निकाल्दै ट्रफिमाथि आफनो कब्जा गरेको हो ।

कटी माबिको मैदानमा संचालित क्रिकेट प्रतियोगिता अन्र्तगत फाईनल खेलमा कोईलाडिले टसजिती पहिले ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा सम्पुर्ण बिकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको थियो । कोईलाडिका लागि जितेन्द्र पासवानले ३०, रोहित सिंहले २४ तथा नरेश मण्डल र रोबिन सिंहले क्रमशः १४ र १२ रनको योगदान दिएका थिए । बलिंगतर्फ मंसापुरका अजय मरिकले ४, सुबोध मण्डलले २ तथा धिरज मण्डल र महेश मण्डलले सामान १ विकेट लिएका थिए ।

१ सय ३६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको मंसापुर रोहित सिंहको घातक बलिंग सामु निरिह हुदै ४८ रनमै समेटिएको थियो । जसका लागि मंसापुरले १२ ओभर १ बल खेलेका थिए । रोहित सिंहले घातक बलिंग गर्ने क्रममा ह्याट्रिक सहि ४ ओभरमा १ मेडन सहित ९ रन दिई महत्वपुर्ण ५ बिकेट लिएका थिए भने उनलाई रोबिन सिंह २ तथा जुगनु मण्डल र नरेश मण्डलले सामान १ बिकेट लिई राम्रो साथ दिएका थिए । मंसापुरका लागि राजाराम मण्डल १३ रन बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । फाईनल खेलको म्यान अफ द म्याच घातक बलिंग गरेका कोईलाडिका रोहित सिंह भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *