युनाइटेड बराबरीमा रोकियो

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको तेस्रो मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ३१ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
खेलको इन्जुरी समयमा लेविनले गोल गरेपनि भीएआरले अफसाइड देखाउँदा एभर्टन जित निकाल्नबाट बन्चित भयो । यस्तै खेल सकिएपछि रेफ्रीले एभर्टनका प्रशिक्षक कार्लो एन्सोलोटीलाई रातो कार्ड देखाएका थिए । रेफ्रीसँग अपशब्द बोलेपछि उनलाई रातो कार्ड देखाईएको थियो ।
एभर्टनसँगको बराबरीसँगै युनाइटेडले २८ खेलबाट ४२ अंक जोडेको छ । युनाइटेड पाँचौं स्थानमा रहेको छ । एभर्टन ३७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
Facebook Comment