एल क्लासिकोमा बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

डिसी नेपाल
१९ फागुन २०७६ ९:२४

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको एल क्लासिकोमा बार्सिलोनामाथि रियल मड्रिडले शानदार जित निकालेको छ । घरेलु टोली रियलले बार्सिलोनामाथि २–० को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र मारिनोले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रियल हावी भएको थियो । खेलको ७१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यस्तै खेलको इन्ज्युरी समयमा मारियानोले गोल गर्दा रियलले २–० को जित सुनिश्चित गर्यो।

जितसँगै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । जारी सिजन २६ खेल खेलेको रियलले १६ जित, ८ बराबरी र २ हारसँगै ५६ अंक जोड्दै शीर्षस्थानमा छ । त्यस्तै निकटतम प्रतिद्वन्दी बार्सिलोनाको ५५ अंक छ । बार्सिलोनाले २६ खेलमा १७ जित, ४ बराबरी र ५ पराजय ब्यहोर्दै ५५ अंक जोडेको हो । तालिकाको तेस्रो र चौथोस्थानमा ४६ र ४५ अंकसहित क्रमश सेभिया र गेटाफे रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *