तेस्रो एकदिवसीयमा पनि श्रीलंका विजयी, तीन खेलको सिरिज क्लिनस्विप

काठमाडौं । वेष्ट इण्डिजविरुद्धको तीन एकदिवसीयको सिरिज श्रीलंकाले क्लिनस्वीप गरेको छ । गएराती भएको खेलमा पाहुना टिम वेष्ट इण्डिजलाई विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा वेष्ट इण्डिजलाई ६ रनले पराजित गर्दै श्रीलंकाले सिरिज क्लिनस्विप गरेको हो । यसअघि श्रीलंकाले पहिलो एकदिवसीयमा १ विकेटको तथा दोस्रो एकदिवसीयमा १६१ रनको जीत हासिल गरेको थियो ।
हिजोको खेलमा श्रीलंकाले दिएको ३ सय ८ रनको लक्ष्य पच्छ्याएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १ रन मात्र बनाउन सक्यो । वेष्ट इण्डिजका शाइ होपले ७२ रनको अर्धशतकीय पारी खेले पनि टिमको हार टार्न सकेनन् । सुनिल अम्बरिशले ६० तथा निकोलस पुरनले ५० रनको अर्धशतकीय पारी खेले । श्रीलंकाका एन्जेलो म्याथ्युजले ४ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा अलआउट हुँदै ३ सय ७ रन जोडेको थियो । श्रीलंकाका कुशल मेन्डिसले ५५ तथा धनन्जय डिसिल्भाले ५१ रनको अर्धशतकीय पारी खेले । दिमुथ करुनारत्ने र कुशल परेराले समान ४४ रन बनाए । वेष्ट इण्डिजका अल्जारी जोसेफले ४ तथा जेसन होल्डरले २ विकेट लिए ।
Facebook Comment