प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण अघि मोदीले भने, पशुपतिनाथले अप्रेशन सफल पारुन्
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुने अन्तिम तयारी भएपछि उनका शुभचिन्तकहरुले प्रत्यारोपण सफलताको कामना गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सोमबार बिहान ट्वीट गर्दै अप्रेशन असफलताको शुभकामना दिएका छन्।
उनले आफ्नो घनिष्ठ मित्र ओलीको अप्रेशन सफलताका लागि पशुपतिनाथलाई स्मरण गरेका छन्। साथै उनले अप्रेशन सफल हुने र छिटै सञ्चो हुनेसमेत विश्वास व्यक्त गरेका छन्। उनले ओलीको नेतृत्वमा नेपाल र भारतबीच सम्बन्ध सुदृढ भएकोसमेत बताएका छन्।
My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.
— Narendra Modi (@narendramodi) March 2, 2020
Facebook Comment