प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतनलाई ७ दिन थुनामा राख्न अनुमति
काठमाडौं। आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई जिल्ला अदालत काठमाडौंले ७ दिन थुनामा राख्न अनुमति दिएको छ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले तिरुवालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको डिसी नेपाललाई जानकारी दिए। उनले तिरुवामाथि अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको बताए।
उनले तिरुवाको विप्लव समूहसँग संलग्नता रहेको बारे हालसम्म कुनै प्रमाण फेला नपरेको र सो विषयमा पनि अनुसन्धान जारी रहेको बताए।
आइतबार राजधानिस्थत राष्ट्रिय सभा गृहमा तत्कालीन एमाले नेता स्व. भरतमोहन अधिकारीको प्रथम स्मृति दिवस कार्यक्रममा आफ्नो सम्बोधन सकेर बस्नै लागेका प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेका थिए।
Facebook Comment