अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीको भिडियो सन्देशः म त्यसै अलप हुँदिन
काठमाडौं। दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सन्देश दिँदै आफू त्यसै अलप नहुने बताएका छन्।
तीन मिनेटको भिडियो सन्देश दिएका ओलीले आफूू देश र देशवासीका लागि संघर्षरत रहँदा मिर्गौला फेलयर जस्तो रोगबाट पीडित भएको बताएका छन्। उनले आफ्नो नेतृत्वमा सरकारले मुर्छित सपनालाई ब्युँझाएको भन्दै ती सपना पूरा नगरी आफू अलप नहुने बताएका छन्।
उनले सन्देशमा आफूले पहिलो पटक २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको र आगामी बुधबार फेरि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन लागेको बताएका छन्।
सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोलाजिस्ट तथा भास्कुलर सेन्टरमा भर्ना हुन प्रधानमन्त्री ओली बालुवाटारबाट निस्किसकेका छन्।
Facebook Comment