प्रधानमन्त्री ओली अस्पताल भर्ना

डिसी नेपाल
१९ फागुन २०७६ १८:३६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना भएका छन्। आगामी बुधबार उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुने भएपछि सोमबार महाराजगञ्जस्थित मनमोहन कोर्डियो तथा भास्कुलर सेन्टरमा भर्ना भएका हुन्।

अस्पताल भर्ना हुनुअघि उनले मुस्कानसहित आफ्ना सल्लाहाकार सदस्यहरुसँग विदा लिएका थिए।

त्यसअघि प्रधानमन्त्री ओलीले भावुक भिडियो सन्देश जारी गरेका थिए।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सन्देश दिँदै आफू त्यसै अलप नहुने बताएका छन्।

तीन मिनेटको भिडियो सन्देश दिएका ओलीले आफूू देश र देशवासीका लागि संघर्षरत रहँदा मिर्गौला फेलयर जस्तो रोगबाट पीडित भएको बताएका छन्। उनले आफ्नो नेतृत्वमा सरकारले मुर्छित सपनालाई ब्युँझाएको भन्दै ती सपना पूरा नगरी आफू अलप नहुने बताएका छन्।

उनले सन्देशमा आफूले पहिलो पटक २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको र आगामी बुधबार फेरि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन लागेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *