आज (मंगलबार) पनि बढ्यो विदेशी मुद्राको भाउ
काठमाडौं । आज फागुन २० गते मंगलबार पनि अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर ह्वात्तै बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ६ पैसा तथा बिक्रिदर १ सय १६ रुपैयाँ ६६ पैसा रहेको छ। आइतबार डलरको भाउ ११५ रुपैयाँ २६ पैसा रहेको थियो ।
यूरोपियन यूरो एकको खरिददर १ सय २८ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १ सय २९ रुपैयाँ ४६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ५ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ८२ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ८१ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ९ रुपैयाँ ७३ पैसा रहेको छ।
Facebook Comment