अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको वासिंटन सिटीमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गएको छ। अमेरिकाको किङ काउन्टीमा ५ जना तथा स्नोहोमिस काउन्टीमा एकजनाको ज्यान गएको सीएनएनले पुष्टी गरेको छ।
मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट एक सयभन्दा बढी मानिस संक्रमित भएका छन् । सीएनएनका अनुसार, अमेरिकामा उपचार भइरहेका ७ जनाको अवस्था गम्भिर रहेको र ९ जना भने सफल उपचार पछि घर फर्किएका छन् ।
न्युयोर्कमा पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ। इरान भ्रमणबाट फर्किएकी ति महिलामा उक्त संक्रमण भएको हो । हाल उनलाई घरमै आइसोलेसनमा राखिएको छ।
अहिलेसम्म विश्वभर ९० हजार ३ सय २ मा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या ३०८७ पुगेको छ।
प्रतिक्रिया
Facebook Comment