क्विन्टन डिककको कप्तानीमा भारत विरुद्ध दक्षिण अफ्रिकी टोलीको घोषणा

काठमाडौं । भारत र दक्षिण अफ्रिका बिच मार्च १२ बाट सुरुहुने ३ एकदिबसीय सिरीजको लागी क्विन्टन डिककको कण्प्तानीमा दक्षिण अफ्रिकाले १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
टोलीमा पूर्व कप्तान फाफ डुप्लेसीले पुनरागमन गरेका छन साथै बायाँ हाते स्पीनर जर्ज लिंडेलाई पनि टिममा बोलाइएको छ । लिंडे पहिलो पटक एकदिबसीय टिममा परेका हुन् उनले गत बर्ष अक्टुबरमा भएको भारत बिरुद्धको टेस्टमा डेब्यु गरेका थिए ।
डुप्लेसी संगै मध्यक्रमका ब्याट्सम्यान रसी वान डर डुसेनले पनि अफ्रिकी टोलीमा पुनरागमन गरेका छन । डुप्लेसीले वल्र्ड कपमा गरेको खराब प्रर्दशनका कारण लामो समय सम्म टिम बाहिर रहेका थिए । अर्का युवा खेलाडी कायल वेरेन टिममा यथावत रहेका छन, वेरेनले अस्टेलिया बिरुद्धको एकदिबसीयमा ६४ बलमा ४८ रन बनाएका थिए ।
बायाँ हाते स्पीनर केशब महराजलाई पनी टिममा बोलाइएको छ । एकदिवसीयमा पहिलो पटक डिककको कप्तानीमा डुप्लेसी खेल्दैछन । सिरीजको पहिलो खेल १२ मार्चमा धर्मशालमा हुनेछ, दोस्रो खेल १५ मार्च लखनउ र तेस्रो १८ मार्चमा कलकत्तामा हुनेछ ।
१५ सदस्य अफ्रिकी टोलीमाः क्विन्टन डिकाड (कप्तान), टेम्बा बबुमा, रसी वन डर डसन, फाफ डुप्लेसी, कायल वेरेन, हेनरिच क्लासेन, डेविड मिलर, जेजे स्मट्स, ऐन्डिले फेलुकवायो, लुगिं एंगिडी, लूथो सिम्पाल, ब्यूरेन हेडिक्स, एनरीस नोत्जे, जार्ज लिन्डे र केशव महाराज रहेका छन ।
Facebook Comment