ईङल्यान्डका खेलाडिले श्रीलंकन टोलि संग हात नमिलाउने

काठमाडौं । विश्व जगतमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको प्रकोपको असर खेल जगतमा पनि पर्न थालेको छ । जापानमा हुने आसन्न ओलम्पिक २०२० संगै कोरोनाको असर ईङल्यान्ड र श्रीलंका बिच सुरुहुने टेस्ट सिरीजमा पनि पर्ने देखिएको छ ।
ईङल्यान्डका कप्तान जो रुटले श्रीलंका भमणको बेला आफ्ना कुनैपनि खेलाडीले हाथ नमिलाउने प्रस्ट पारेका छन । सोमबार कोरोना भाईरस संग सम्बन्धित प्रश्नमा उनले यो कु्रा प्रष्ट पारेका हुन । रुटले हात मिलाउनुको साटो एकअर्काको अभिवादन मुडकी जुधाएर गरिने जनाएका छन ।
पछिल्लो दक्षिण अफ्रिकाको भ्रमणमा ईङल्यान्ड का खेलाडिहरु लाई पेट दुख्ने र फ्लुको सामना गर्नुपरेको थियो । दक्षिण अफ्रिका भ्रमण पछि खेलाडिहरुको स्वास्थ्य लाई ध्यानमा राखी मेडिकल टिमको सल्लाह अनुसार टिमले यस्तो निर्णय लिनु परेको (कप्तान) रुटले जनाएका छन ।
Facebook Comment