अर्थमन्त्री खतिवडाले दिए राजीनामा

डिसी नेपाल
२० फागुन २०७६ १६:४०

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। आज रातीबाट उनको राज्य सभा सांसदको पदावधि सकिने भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

उनी राज्य सभामा राष्ट्रपतिबाट मनोनित हुने कोटामा सांसद भएका थिए। चिठ्ठा तान्दा उनको कार्यकाल २ वर्षको तय भएको थियो। दुई वर्षे कार्यकाल मंगलबार राती सकिने भएको हो।

डा. खतिवडाले हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हाल्दै आएका थिए।

राज्य सभामा राष्ट्रपतिबाट मनोनित हुने सांसदका लागि सत्तारुढ दल नेकपामा विवादसमेत भएको छ। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राज्य सभाका लागि सिफारिस गर्नुपर्ने निर्णय गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली डा. खतिवडालाई पुनः सिफारिस गर्ने सोँचमा छन्।

उता मंगलबार पदबाट राजीनामा दिएका डा. खतिवडालाई पुन मन्त्रिमा नियुक्त गर्ने तयारी भएको जनाइएको छ। सांसद नरहेको व्यक्ति पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार उनलाई मन्त्रि नियुक्त गरिने जनाइएको छ। तर, प्रधानमन्त्री ओली मिर्गौलाको प्रत्यारोपणका लागि अस्पताल भर्नाका भएकाले उनको पुनर्नियुक्तीको मितिबारे भने स्पष्ट छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *