अनलाइनबाटै पैसा पठाउन र पाउन खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता
काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेसमनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले मंगलाबर उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कसरी लिन सकिन्छ सेवा
खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाई सके पछि पाउनु पर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्नेछन् । प्राप्त कर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७ हजार ५०० भन्दा बढि रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।
यसका साथै खल्ती प्रयोगकर्ताले अब छिट्टै नै देशैभरी रहेका सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानीगर्न सक्नेछन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७ हजार ५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानीप्रदानगर्दै आइरहेको छ ।
सन् २०१७ को जनावरी २६ बाट नेपालीबजारमाआरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमतीप्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।
खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हालखल्तीप्रयोगकर्ताहरुको संख्या १० लाखभन्दा बढि रहेको छ ।
Facebook Comment