खप्तड गोल्डकपको उपाधि सुदूरपश्चिम–११ लाई

धनगढी । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ । ‘ए’ डिभिजन क्लब रुस्लान थ्री स्टारलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम–११ले मोफसलकै सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको हो ।
धनगढी रंगशालामा मंगलबार भएको फाइनलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै सुदूरपश्चिम–११ पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । क्लब फुटबलमा सुदूरपश्चिमको यो सबैभन्दा ठुलो सफलता हो ।
आयोजकलाई च्याम्पियन बनाउन बिक्रम सिंह ठकुरीले गरेको गोल नै निर्णायक बन्यो । थ्री स्टार भने लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्न पुग्यो । थ्री स्टार अघिल्लो साता झापमा आयोजना भएको सताक्षी गोल्डकपमा पनि मछिन्द्र क्लबसँग १–० ले पराजित हुदै उपविजेता नै बनेको थियो । खेलको २८औं मिनेटमा विक्रमसिंहले गोल गर्न सफल भएका हुन् ।
यससँगै सुदूरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयमा चित्त बुझाएको छ ।
Facebook Comment