प्रधानमन्त्रीको सल्यक्रियाको समयमा अमृत योग परेकाले चिन्तित नहुँन ज्यातिषहरुको आग्रह

डिसी नेपाल
२० फागुन २०७६ १८:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको छ । बुधबार बिहान ९ बजेबाट अप्रेसनको शुरुआत गरिने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । बिहान ९ बजेको समयमा अत्यन्तै शुभ अमृत योगको बनेकाले उक्त समयमा सुरुवात गर्दा अत्यन्तै शुभ हुने ज्योतिषहरुले जानकारी गराएका छन् । आम सर्वसाधारण यतिबेला प्रधानमन्त्रीको सफल अप्रेसनको कामना समेत गरिएका छन । हस्पिटलमा रोगको महत्व भएजस्तै ज्योतिषमा योगको महत्व हुने गर्दछ । योग भन्नाले सम्बन्ध भन्ने बुझिन्छ । कुनै पनि कर्म गर्दा यदि राम्रो समय चलिरहेको छ भने त्यसको परिणाम सकारात्मक आउछ नराम्रो समय चलेको भए जतिसुकै राम्रो गर्न खोजे पनि परिणाम नराम्रो नै हुने गर्दछ । विश्वभर रहेका आम मानिसको चासोको बिषय रहेको बुधबार हुने प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण कस्तो समयमा हुदै छ । ज्योतिषीय आधारमा उक्त दिन देशको लागि र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूका लागि कस्तो रहला प्रतिक्षाकै विषय रहने छ ।
फागुन शुक्लपक्ष बुधबार नवमी तिथि बिहान ८ः५०मा सकिएर पूर्ण तिथिका रुपमा दशमी तिथिको उदय हुनु अत्यन्तै सकारात्मक मानिन्छ । शुक्ल पक्षमा गरिएका हरेक कर्महरु सिद्ध हुन्छन भनेर शास्त्रमा पनि उल्लेख गरिएको छ । महिनाको हिसाबले सूर्य लाभस्थानमा १९डिग्रीमा बलियो अवस्थामा रहनुले मनोबल उच्च अबस्थामा नै रहिरहने छ । जसको कारणले शल्यक्रियामा संलग्न चिकित्सकलाई पनि थप हौसला प्राप्त भइरहने योग निर्माण भएको छ, यो अत्यन्तै राम्रो पक्ष हो ।
मिथुन राशिमा अमृत योग दिनभरि नै रहनेहुँदा यस्तो शुभ योगमा सोचेअनुसार नै लाभ मिल्ने छ ।

बुधबारका हिसाबले हेर्ने हो भने पनि बुद्धि दिने ग्रहकै बार परेकाले बुद्धि र विवेक सल्यक्रियामा संलग्न टिमको कुनै कमि हुने छैन । अस्पतालमा भर्ना हुने दिन पनि सोमबार र सप्तमी तिथि परेकाले उक्त तिथिका देवता पनि सूर्य रहेकोले भर्ना हुने दिनमा पनि कुनै प्रकारको अशुभ योग नरहेको ज्योतिष तथा वास्तुशास्त्री सुरेश चन्द्र रिजालले जानकारी गराउनु भएको छ । कहिल्यै नाशनहुने अमृत योग, पूर्ण तिथि बार र राशि दुबैको स्वामी बुधग्रह जसलाई ज्योतिष शास्त्रमा ज्ञान तथा बुद्धिको कारक ग्रहका रुपमा परिभाषित गरिएको छ यस्तो शुभयोगको संयोग बनिरहेको छ । शास्त्रका अनुसार बुध ग्रहलाई अलि ढिलासुस्ती गर्ने ग्रहको रुपमा हेरिने हँुदा सुरुवाती समयमा केही समस्या देखिएपनि अमृत योगका कारण कुनै प्रकारका बिघ्नबाधा नपर्ने ज्योतिषी रिजाले जानकारी गराउनु भएको छ ।

अप्रेसनका लागि भर्ना हुन जाने सोमबारको समयदेखि अप्रेसन हुने दिन बुधबारसम्म कुनै प्रकारका अशुभ योग निर्माण नभएकाले दोस्रो पटको अप्रेसन पनि सफल हुने जानकारी गराएका छन । बुधबार बिहान काठमाडौंमा ६ बजेर २९ मिनेटमा सूर्याेदय हुनेछ । सूर्याेदयदेखि बिहान ७ बजेर ५६ मिनेटसम्म लाभ समय रहने छ । त्येस्तै ७ बजेर ५६ देखि ९ बजेर २३ सम्म अत्यन्तै शुभ अमृत योग रहने छ । केही समय भने कालको समय रहने छ ९ बजेर २३ देखि १० बजेर ४९ सम्मको समय कालबेला रहने छ । कालको समयमा कुनै पनि शुभ कर्म शुभारम्भ गर्न नहुने ज्योतिषीहरुले सुझाव दिएका छन । तर काल बेलाभन्दा अघि सुरुगरेको काममा भने कुनै प्रकारको अशुभ फल नलाग्ने समेत जानकारी गराएका छन् । बिहानकै समयमा १० बजेर ५० देखि फेरि मध्याह्न १२ बजेर १६ मिनेटसम्म शुभ समय रहने छ । यसरी हेर्दा बुधबारका दिन हरेक प्रकारले शुभ साइत रहेकाले कुनै प्रकारको बाधा अबरोध बिना सल्यक्रिया सम्पन्न हुने जानकारी ज्योतिषीहरुले जानकारी गराएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *