प्रधानमन्त्री कप महिला भलिबलः फाइनलमा एपिएफ र पुलिस भिड्ने

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब छैंठौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपालगञ्जको कर्भडहलमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउदैं पुलिस फाइनलमा प्रवेश गरेको हो ।
अब पुलिसले फाइनलमा एपीएफसँग खेल्नेछ । पहिलो सेमिफाइनलको होङ्ग्वान्जी न्यु डाईमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ । फाइनल खेल बुधबार हुनेछ । यस्तै, तेस्रो स्थानका लागि होङ्ग्वान्जी न्यु डाईमण्ड एकेडेमी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, बिभिन्न विधागत उत्कृष्ट खेलाडी नगदसहित सम्मानित हुने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।
Facebook Comment