आज ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति पुग्यो ?

डिसी नेपाल
२१ फागुन २०७६ ६:५९

काठमाडौं । आज फागुन २१ गते बुधबार अमेरिकी डलर, कुवेत र बहराइन दिनारको भाउ ह्वात्तै बढेको छ । अन्य देशको मुद्राको भाउ पनि बढेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढीरहेका बेला अमेरिकी डलरसहित विभिन्न देशको मुद्राको भाउ बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १ सय १७ रुपैयाँ ५८ पैसा रहेको छ। यो मंगलबारको तुलनामा ९२ पैसाले बढी हो ।

यूरोपियन यूरो एकको खरिददर १ सय २९ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ५३ पैसा र बिक्रिदर १ सय ५० पैयाँ ३० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ८४ रुपैयाँ १७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३ सय ११ रुपैयाँ ८३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *