अमेरिकामा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो

वासिङ्टन डिसी, अमेरिका । केही दिनदेखि अमेरिकामा व्यपक देखिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
बुधबार बिहानसम्म अमेरिकाका विभिन्न राज्यमा गरी १२९ जना संक्रमित भएका छन्। जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकाको वासिंटन राज्यमा मात्र ३१ जनामा संक्रमण पुष्टी भएको छ भने तीमध्ये ९ को मृत्यु भएको हो।
अमेरिकाको ओरेगन, एरिजोना र युटाह, नेब्रास्कामा १३ जनामा, विसकन्सिन, न्यु ह्याम्पशायर, मासाचुसेट्स र टेक्सासमा संक्रमण बढी देखिएको छ।
प्रतिक्रिया
Facebook Comment