तमिम इकवालको उत्कृष्ट पारी सँगै बंगलादेश चार रनले जिययी

डिसी नेपाल
२१ फागुन २०७६ १३:३६

काठमाडौं । बंगलादेशका ओपनर तमिम ईकवालले जिम्बाबे बिरुद्ध दोस्रो एकदिबसीय सिरीजमा नयाँ ईतिहास रचेका छन्। तमिमले बंगलादेशको लागी एकदिबसीय क्रिकेटमा ब्यक्तिगत सबैभन्दा बढि रन बनाउने खेलाडि बनेका छन्।

मंगलबार भएको खेलमा तमिमले १३६ बलमा २० चौका र तिन छक्काको मद्दतले १५८ रन बनाएका थिए। तमिमको यो एकदिबसीय करियरको १२ अर्धसतक हो । तमिम ईकवाल बंगलादेशको लागी एकदिबसीय क्रिकेटमा सात हजार रन बनाउने पहिलो खेलाडी बनेका छन्।

तमिमले अहिले सम्म २०६ एकदिबसीयमा ७०७४ रन बनाएका छन । मंगलबार टस जितेर ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२२ रन बनाएको थियो।

जवाफी ब्याटिङमा आएको जिम्बाबे ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३१८ रन मात्र बनाएर ४ रनको हार ब्योहोरेको थियो ।

जिम्बाबेका तल्लो क्रमका ब्याटसम्यान डोलान्ड तिरोपानोले २८ बलमा ५५ रनको आक्रमण ब्याटिङ गरेपनी टिमलाई हारबाट जोगाउन सकेनन । खेलको म्यान अफ दि म्याच तमिम ईकवाल भएका थिए ।




प्रतिक्रिया