गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालालाई गल्कोट स्पोर्ट्स क्लव टोकियोको ४ लाख ५ हजार सहयोग
टोकियो । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको लागि गल्कोट स्पोर्ट्स क्लब जापानले आर्थिक सहयोग गरेको छ । क्लबले धुमुर्स सुन्तली फाउण्डेसनको लागि ४ लाख ५ हजार नेपाली रुपैयाँ सहयोग गरेको हो ।
‘स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल, भन्ने मुख्य नाराका साथ सन २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स कल्व टोकियो जापानले स्थापना कालदेखि नै नेपालको राष्ट्रिय खेल भलिबल मार्फत जापानमा रहने खेलाडीहरूलाई एउटै मालामा उन्ने कार्य गर्दै आएको छ ।
भने स्थापना कालदेखि नै निरन्तर खेलकुद क्षेत्र सँगै सामाजिक कार्यहरूमा पनि थुप्रै यस्ता आर्थिक सहयोग गर्दै आइरहेको छ।
यसैको निरन्तरता अन्तर्गत क्लबले धुर्मुस सुन्तली फाउण्डेसन उक्त सहयोग रक़म गल्कोट समाज चितवनका पदाधिकारीहरूको समन्वयमा हस्तान्तरण ग छ। यसअघि सन २०१७ मा जापान भ्रमणका अवसरमा क्लबको तेस्रो वार्षिकोत्सवमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेसनका लागि क्लबले १ लाख सहयोग स्वरुप हस्तान्तरण गरेको थियो।
प्रत्येक नेपाली नयाँ वर्ष तथा क्लबको वार्षिकोत्सवको उपलक्ष्यमा जापानमा रनिङ कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट भएको मुनाफाबाट खेलसँग सम्बन्धित क्षेत्रमा प्रत्येक वर्ष सहयोग गर्दै आएको अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए।
Facebook Comment