बी डिभिजन लिगः श्री भगवती र आरसिटीको बराबरी

काठमाडौं । रानीपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाडेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार आरसिटीले श्री भगवती क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
बराबरीसँगै आरसिटीले ३ खेलमा २ अंक जोडेको छ । आरसिटीको लिगमा यो दोस्रो बराबरी हो । श्री भगवतीले ३ खेलमा ४ अंक जोडेको छ । श्री भगवतीले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको छ ।
प्रतिक्रिया
Facebook Comment