कोरोनाले बैंकिङ क्षेत्रमा पार्ने प्रभावबारे राष्ट्र बैंकले अध्ययन गर्ने

डिसी नेपाल
२२ फागुन २०७६ १२:३५

काठमाडौं । कोरोना भाइसरले बैंकिङ क्षेत्रमा पार्नेसक्ने असरबारे नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने भएको छ। कोरोनाको प्रभावबाट बैंक तथा वित्तीय संस्थालाई जोगाउन आवश्यक योजना बनाउन केन्द्रीय बैंकले अध्ययन गर्न लागेको हो।

कोरोनाको संक्रमण बढ्दै गएकाले यसले आर्थिक मन्दी आउने र बैंक तथा वित्तीय संस्थाले होटल, रिसोर्टलगायत पर्यटन क्षेत्र, आयात निर्यात व्यापारलगायतका क्षेत्रमा गरेको ऋण असुलीमा असर पर्ने अनुमान गरिएको छ।

राष्ट्र बैंकले प्रभावित कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गर्ने र त्यसको असरबाट बच्न आवश्यक तयारी गर्न लागिएको जनाएको छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा असर पर्न थालिसकेको छ।

आन्तरिक तथा बाह्य पर्यटक घट्नुका साथै देशभित्रका कार्यक्रमहरु पनि धमाधम रोकिन थालेका छन् । यसबाट होटल तथा रेष्टुरेन्टहरुको आम्दानीमा असर गर्ने र बैंकहरुले यस क्षेत्रमा गरेको लगानी समेत प्रभावित हुने अनुमान गरिएको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले पर्यटन क्षेत्रमा लगानी विस्तार गरिरहेका थिए । सरकारले भ्रमण वर्ष घोषणा गरेसँगै यस क्षेत्रमा नयाँ नयाँ उद्योग व्यवसाय थपिन थालेको थियो । यसैगरी कोरोनाका कारण चीनलगायतका देशहरूमा आयात निर्यातको व्यापार समेत ठप्प छ।

यसबाट बैंकहरुले यस क्षेत्रमा गरेको लगानी पनि समयमै असुल नहुने अवस्था आएको छ। राष्ट्र बैंकले कोरोनाले बैंकिङ ऋण प्रभावित क्षेत्रको पहिचाहन गर्ने र त्यस्ता कर्जालाई पुर्नतालिकीकरण, पुर्नसंरचना गर्ने सुविधाका साथै पुर्नकर्जा सूविधा दिने तयारी समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *