माईभ्याली फाइनलमा, आर्मी पराजित

डिसी नेपाल
२२ फागुन २०७६ १९:२६

इलाम । आयोजक माईभ्याली क्लब छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो ।

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि ३–३ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

पेनाल्टी अघि खेलको ३४ औं मिनेटमा करण राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै आर्मीलाई १–१ को बराबरीमा ल्याएका थिए ।

अब फाइनलमा आयोजकले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *