इन्फ्रास्ट्रक्चर बैंकद्धारा बाल मन्दिरलाई सहयोग

डिसी नेपाल
२३ फागुन २०७६ १०:५४

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल बाल संगठन (बाल मन्दिर) लाई एक लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ। बैंकले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ।

बिहीबार अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले बाल मन्दिरका महासचिव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

बैैंकको हाल अधिकृत पुँजी ४० अर्व, जारी पुँजी २० अर्व र चुक्ता पुँजी १२ अर्व रहेको छ। बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी चुक्ता पुँजी २० अर्व पुर्याउने जनाएको छ।

जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्न बैंक स्थापना गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *