नेपालमा हुने अष्ट्रेलिया र चाइनिज ताइपेसँगको फुटबल खेल स्थगित

डिसी नेपाल
२३ फागुन २०७६ १४:३८

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एफसी) को संयुक्त बैठकले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

फिफा विश्वकप छनोट २०२२ अन्तर्गतको खेल नेपालले घरेलु मैदानमा चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको थियो । विश्वकप छनोटका ५ खेलमा नेपालले १ मात्र खेलमा चाइनिज ताइपेलाई पराजित गरेको थियो ।

खेल स्थगित भएपनि नेपाली टिमले फिफा विश्वकप छनोटको तयारी नरोक्ने एन्फाले जनाएको छ । फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर प्रतियोगिताका बारेमा जानकारी दिने बताएको छ । फिफाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे आवश्यक निरीक्षणलाई निरन्तरता दिने पनि बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *