२० छक्का प्रहार गर्दै हार्दिक पान्ड्याले बनाए विष्फोटक शतक

एजेन्सी । भारतीय अलराउन्डर हार्दिक पान्ड्याले मुम्बईमा जारी १६ औं डिवाई पटिल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विष्फोटक अविजित शतक प्रहार गरेका छन् ।
शुक्रबार भएको सेमिफाइनल खेलमा पान्ड्याले रिलायन्स १ बाट बिपिसीविरुद्ध छक्का वर्षा गराएका छन् । हार्दिक ५५ बलमा ६ चौका र २० छक्का सहित १ सय ५८ रनमा अविजित रहे ।
पान्ड्याको शतकको सहयोगमा रिलायन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । ओमलप्रित सिंह ४, शिखर धवन ३ रनमा आउट हुँदा अनुकुल रोय १० रनमा अविजित रहे ।
२ सय ३९ रनको विजयी लक्ष्य पक्ष्याएको बिपिसी १८.४ ओभरमा १ सय ३४ रनमा अल आउट भएपछि रिलायन्स १ सय ४ रनको फराकिलो अन्तरले विजयी भएको छ । उसका श्रेयस ऐरले ३० बलमा ४२ र सुर्य कुमार यादवले १७ रन जोडे । रिलायन्सका राहुल चाहर ३, अनुकुल रोय २, पान्ड्या र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।
पान्ड्या चोटका कारण २०१९ सेप्टेम्बर देखी भारतीय टोली बाहिर छन् । पान्ड्याले अर्को हप्ता बाट घरेलु मैदानमा सुरु हुने दक्षिण अफ्रिकासँग तीन ओडीआई सिरिजमा भारतीय टोलीमा पुनरागमन गर्ने बलिायो सम्भावना छ ।
Facebook Comment