टी–२० सिरिजमा अफगानिस्तानको विजयी सुरुवात

एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा अफगानिस्तानले जित निकालेको छ । भारतको नोएडामा वर्षाले प्रभावित गरेको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई डिएल पद्दतिको आधारमा ११ रनले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन जोडेको थियो । उसका पाउल स्ट्रर्लिङले ६० रन जोड्दा केभिन ओ ब्रायनले ३५ रन बनाए । अफगानिस्तानका राशिद खानले ३ विकेट लिए ।
अफगानिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाले खेल प्रभावित गरेपछि डिएल पद्दतिमा अफगानिस्तानले १५ ओभरमा १ सय २३ रनको नयाँ लक्ष्य पाएको थियो । वर्षाले खेल रोकिनु अघि अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो ।
अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले अविजित ४२ रन जोड्दा समिउल्लाह सिनवारी र रहमानउल्लाह गुर्बाजले समान २८–२८ रन जोडे । आयरल्याण्डका सिमि सिंहले २ विकेट लिए । जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले १–० को अग्रता बनाएको छ ।
Facebook Comment