पूर्व ब्राजिलियन फुटबल खेलाडी रोनाल्डिनो पक्राउ

बीबीसी । पूर्व ब्राजिली फुटबल खेलाडी रोनाल्डिनो र उनका भाइलाई पाराग्वेमा मुलुक प्रवेश गर्न नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा शुक्रवार पक्राउ परेका छन् ।
अभियोजनकर्ताहरू भन्छन्- पाराग्वेको राजधानी असुन्सियोनमा बुधवार ओर्लँदा उनीहरूलाई नक्कली कागजपत्र दिइएको थियो। उनीहरूले कुनै पनि गलत काम गरेको अस्वीकार गरेका छन्।
कानुनको पालना
कर नतिरेको र ब्राजिलको संरक्षित क्षेत्रमा गैरकानुनी रूपमा भवन बनाएकोमा तोकिएको दण्ड नतिरेकाले उनका ब्राजिली र स्पेनी राहदानी जुलाइ २०१९ मा जफत गरिएको बताइएको छ।
पाराग्वेका आन्तरिक व्यवस्था मन्त्री यूक्लीडस एसीभेडोले यो हप्ताको सुरुमा स्थानीय सञ्चार माध्यमलाई भनेका थिए- “म उनको खेल र ख्यातिको सम्मान गर्छु तर कानुन पालना हुनै पर्छ। तपाईँ जो सुकै भएपनि कानुन लाग्छ।”
यी ३९ वर्षीय खेलाडी एउटा किताबको प्रवर्द्धनका लागि र असहाय बच्चाहरूका लागि गरिएको एउटा अभियानमा सहभागी हुन पाराग्वे पुगेको बताइएको छ।
रोनाल्डिनो सन् २००४ र २००५ मा वर्ष विश्व खेलाडी बनेका थिए। स्पेनको ठूलो फुटबल क्लब बार्सिलोनामा रहँदाको त्यही समयावधिलाई उनको खेल जीवन चरमोत्कर्षमा पुगेको मानिन्छ।
उनले प्रख्यात सहकर्मी खेलाडीहरू रोनाल्डो र रिभाल्डोसँगै खेलेर ब्राजिललाई सन् २००२ को विश्वकप फुटबल विजेताको उपाधि दिलाएका थिए।
उनको कुल सम्पत्ति ८ देखि १० करोड पाउण्ड रहेको अनुमान गरिन्छ। उनले विज्ञापनका लागि गरिने एउटा इन्स्टाग्राम पोष्टका लागि १ लाख ५० हजार पाउण्ड लिने गरेको बताइन्छ।
Facebook Comment