गरिमाको प्रमुख कार्यकारी अधिकृतमा पुनः ढकाल नियुक्त

डिसी नेपाल
२४ फागुन २०७६ १२:२०

पोखरा । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गोविन्द ढकाल नियुक्त भएका छन् ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई पुनः प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

२०७७ वैशाख १ गतेबाट लागु हुने गरी ४ वर्षे कार्यकालका लागि उनले नियुक्ती पाएका हुन् । २०५३ सालमा प्रबन्धकबाट बैंकिङ सेवामा प्रवेश गरेका ढकाल २०६५ बाट निरन्तर प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् ।

ढकाल सफल बैंकर मानिन्छन् । ढकालले आफ्नो नेतृत्वमा गरिमा विकास बैंकलाई राष्ट्रियस्तरको अग्रणी विकास बैंक बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *