दिल्ली क्यापिटल्सलाई झट्का, यी अलराउण्डरले लिए नाम फिर्ता

डिसी नेपाल
२४ फागुन २०७६ १३:५९

काठमाडौं। आइपिएल सुरु हुने समय नजिकिँदै गर्दा दिल्ली क्यापिटल्स फ्रेन्चाइजलाई झट्का लागिको छ । उसको टिममा आबद्ध इङल्याण्डका अलराउण्डर क्रिस वोक्स अब आइपिएल नखेल्ने भएका छन् । वोक्सले आइपिएलको आगामी सिजनबाट नाम फिर्ता लिएको स्काइस्पोर्टसले जनाएको छ । वोक्सले फ्रेन्चाइजीलाई यसको जानकारी दिइसकेको समाचारमा जनाइएको छ ।

दिल्लीले अब उनको विकल्पको खोजी गरिरहेको छ । रिपोर्टका अनुसार वोक्सले ग्रिष्ममा हुने अन्तर्राष्ट्रिय खेललाई ध्यानमा राख्दै आइपिएल नखेल्ने निर्णय गरेका हुन् । वोक्सलाईदिल्लीले १ करोड ५० लाखमा किनेको थियो । दिल्लीको लागि वोक्स नहुनु समस्या हुनसक्छ । यसले खासगरी दिल्लीको फास्ट बलिङमा समस्या ल्याउन सक्छ किनकि उसका फास्ट बलरहरु दक्षिण अफ्रिकाका कागिसो रबाडा र भारतका इशान्त शर्मा पहिल्यै घाइते छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *