कोरोनाभाइरसले रोनाल्डोका लागि जुराइदियो अद्भूत अवसर

काठमाडौं। विश्वभर कोरोनाभाइरसको प्रकोप बढिरहेको छ । यसबाट विश्व्भरका मानिसहरु त्रसित छन् । तर, यही प्रकोपले युभेन्टसका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भने अद्भूत अवसर जुराइदिएको छ । कोरोनाभाइरसका कारण रोनाल्डोले आफ्नो पूर्वक्लव रियल मड्रिड र आफू रियलमा हुँदाको कट्टर प्रतिद्वन्द्वी बार्सिलोनाबीचको एल क्लासिको हेर्ने अवसर पाएका छन् ।
एक साताअघि रोनाल्डोले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई फोन गरेका थिए । कोरोनाभाइरसका कारण इटलीमा सिरी ए अन्तर्गत रोनाल्डोको क्लव युभेन्टस र इन्टर मिलानबीचको खेल स्थगित भएको थियो त्यसैले उनी यो अवसरको सदुपयोग गर्न चाहन्थे । पेरेजले पनि रोनाल्डोलाई एल क्लासिकोमा दर्शकको रुपमा खेल हेर्न सान्टियागो बर्नबेउमा बोलाए । रोनाल्डोको उपस्थितिले सम्भवतः रियलको हौसला बढायो र खेल रियलले जित्यो ।
Facebook Comment