थुक्क…मित्र हो कुरा किन नबुझेको ?

डिसी नेपाल
२४ फागुन २०७६ २२:२८

नेपाली आमाहरुले नै आफ्ना अत्यन्त गुप्त अंगबाट ठेसेर पृथ्वीमा खसाएका बालक, आफ्नो दुध चुसाएर हुर्काएका विषालु सर्पहरु वयस्क भई सत्तामा पुगेपछि तिनै आमाका छोरी याने आफ्नै दिदीवहिनी र तिनका छोराछोरीलाई धारिलो कानुनी हतियारले रेटेर मर्नु न बाँच्नु पारेको धेरै वर्ष भइसकेको छ ।

पारिवारिक राणातन्त्रदेखि प्रजातन्त्र, एकात्मक पञ्चायततन्त्र, वहुदलीय लोकतन्त्र, हालको छाडातन्त्र सबै सबै नेपालले पचाइसक्यो ।

तर, सत्तामा पुग्ने प्राय नेता कंश वंशीयमा अनुवाद हुने हुँदा जति पिँढीपछि पनि कुनै सकारात्मक परिवर्तन आएको देखिँदैन ।

१०४ वर्षमा जहानिया शासक राणा फालिए । १० वर्षमा प्रजातन्त्रको हत्या भयो । ३० वर्षमा एकतन्त्री पञ्चायत मासियो । १५ वर्षमा बहुदलीय प्रणालीको अन्त्य भई १४ वर्षदेखि विदेशीको इशारामा छाडातन्त्रले विभिन्न दलीय खोल ओढी कुशासन गरिरहेछ । हामी राष्ट्रको आधा जनसंख्या महिला आँखा बन्द गरी हात्ती घार्मेर कस्तो हुँदो रहेछ भनी वयान गर्न तछाड मछाड गरिरहेछौं ।

भएका आँखाले हेर्न नपाउने, देखेको बोल्न नपाउने, मुकदर्शक भएरमात्र बस्न नचाहनेहरु पलायन पनि भएका छन् ।

रााणा शासकले वीर्य हाली विटुलाएका महिलाका सन्तानले जन्म लिएपनि ‘सी’ क्लासमा घटुवा हुने परम्परा नस्वीकारेको अवस्थामा अदालत धाउनुपरेको अविवाहित एवं महिला गर्भवती भएमा भाञ्जाभाञ्जी मारिएका र कति भारततिर आफ्ना प्रेमीसंग पलायन भएका कथा व्यथा कस्ले लेख्ने ? चन्द्रसमशेरभन्दा अगाडिकी म विधुवा वाहुनी भएकी भए लोग्नेसंगै सति जानुपथ्र्याे ।

मेरा दुई फुपूहरु चन्द्रसमशेरपछि नै विधुवा भएका भए पनि सती जान घरवालाले कर गरेपछि हाम्रा तीनजना बाहरुकहां भागेर शरण लिन आएका हुनाले मरण बरण गर्नुपरेको थिइन ।

योगमायाले राणा सरकारसमक्ष धर्मराज्य अर्थात् महिलाको समान अधिकारको माग राख्दा सरकारले थुनछेक र मृत्युदण्ड दिनुअगाडि नै आफ्ना ६५ जना अनुयायी संगै लिएर ७८ वर्षअघि अरुण नदीमा हाम फाली ज्यान गुमाउनु परेकालाई हामी यसबेला उनले जल समाधि लिएको भनी चित्त बुझाउँछौं ।

३७ वर्षअघि अमेरिका छिरेपछि मेरो अगाडि दिमागमा पनि मायाको सिमारेखा हुँदैन भन्ने भान भयो र नेपालमै काम गरेका वेलायतीसंग विवाह गरी तीन नावालक छोरा लिएर सधैका लागि नेपाल फर्किएकी थिएँ । काठमाडौंको बुढानिलकण्ठमा खेतीपाती गर्ने भनी मेरा श्रीमानले स्वप्नील घर बनाएर बसेको कस्तो कलषिय भएछ तीनैजना छोरा कंश वंशय नेताका वा चम्चेका कुद्धृष्टिमा परे ।

उनीहरुको विकल्पको पहिलो देश अमेरिका नै भयो, जन्मका नाताले । न आमा न बाबु, अमेरिकाका नागरिक । प्रजातन्त्रमा त्यस्तो पो ।

उनीहरुको विकल्पको पहिलो देश अमेरिका नै भयो, जन्मका नाताले । न आमा न बाबु, अमेरिकाका नागरिक । प्रजातन्त्रमा त्यस्तो पो ।

नागरिकताको कानुनी बन्देज मेरो छोराका लागि मात्र होइन । एकल महिलादेखि छिमेकी राष्ट्रका प्रेमीसंग विवाह गर्नेका सन्तानको पनि हालत उही हुने गरी कंश वंशले नेपाली पुरुषको मात्र वंश कायम गर्ने उद्धेश्यले संविधान र नागरिकता ऐन बनाएका छन् ।

आफू पहिलो महिला राष्ट्रिय आयोगको अध्यक्ष भएका बेला (२०५८–६०) मा पचहत्तरै जिल्लाका सर सल्लाह बटुली लैगिंक समान संविधानको डाफ्ट पनि बनायौं । अग्रगामी बुँदाहरुमा आमा वा बावुका नामबाट नागरिकता दिने, राजाको पहिलो छोराछोरी जे भएपनि गद्दीको हकदार हुने र चक्रप्रणालीबाट सेना र अन्य सरकारी निकायमा महिला वा पुरुष प्रमुख रहने समावेश थिए । तर, यी कुराहरु राज्यबाट संबोधन हुन सकेनन् किनकि राज्य स्वार्थीहरुको कब्जामा पर्दै आएको छ ।

मेरो छोरामाथिको गीद्धेदृष्टि मेरा कामले गर्दा हो वा कंशवंशको मतिभ्रष्ट भएर हो म भन्न सक्दिन । तर, मजस्ता विदेशी पुरुषसंग विवाह गर्ने महिलाका सन्तानको पनि उही हालत छ । ग्रैह्र आवासीय नेपाली पुरुषमध्ये कोही नेताका चाकडीवाला कुर्लेको सुन्छु, फलानो नेताले भनेको दोहोरो नागरिकता दिने भयो रे । थुक्क…मित्र हो । कुरा बुझ्न किन नसकेको ? कुनै दुई देशवीच द्धिपक्षीय सन्धि दुवै देशका नागरिकले आआफ्ना नागरिकता नत्यागी दुवै राख्न पाउने वूँदा भएमा मात्र दोहोरो नागरिकता हुन्छ । जस्तो बेलायत र अमेरिकामा छ । नाथे भारतले नेपालसंग द्धिपक्षीय समानसन्धि गरेको छैन तापनि नेपाली नेताहरुले घुस खाएर भारतीयहरुलाई नागरिकता बेचिरहेका समाचार प्रशस्त छापामा आएकै छन् ।

अहिलेको अवस्थामा कुनै पनि पश्चिमा देशले नेपालसंग त्यस्तो सन्धी गरे भने मलाई मारिदिनु । आफ्नो जवानी बेलायती सरकारको सुरक्षामा समर्पण गरको नेपाली जवानले त्यहाँ स्थायी बस्न गरेको संघर्ष स्मरण गरौं ।

पचहत्तरौं अन्तर्राष्ट्रिय नारी दिवसका बारे लेख्न खोजिएको लेखमा एउटा अचानोको कथापनि जोडिएकाले यो आक्रोशबाट शुरु गरेकी हुँ । नेपालले औपचारिकरुपमा मनाउन थालेको पैतालिस वर्ष भएको छ र नेपालको पहिलो संयोजक श्री ५ ऐश्वर्य भएको कार्यक्रममा मैले भाग लिएर लेख पनि लेखेकी थिएँ ।

विगतमा झै सदस्य राष्ट्रका प्राय महिला केही पुरुषहरु महिला दिवस मनाउने निहुँमा संयुक्त राष्ट्रसंघ मुख्य कार्यालय न्यूयोर्कमा भेला भर्न मार्चको पहिलो हप्ता पुग्दैछन् । कोरोना भाइरसका कारण उडान रोकिएन भने उनीहरु त्यहां पुग्नेछन् । ८ मार्चलाई नारी दिवश मनाउने दिन तोकी संसारभर मनाइएपनि युएनमा औपचारिक कार्यक्रम ६ मार्चमै भएको समाचारमा देखिन्छ । तापनि विभिन्न निकायले हप्ता दिनभन्दा बढी कार्यक्रम युएन भवनमै चलाईरहेका हुन्छन् ।
हरेक वर्ष नारी वर्ष मनाउन एउटा गेडो नारा बनाएको हुन्छ ।

यसपालिको नारा f Gonesation Equality याने पिढीँ र समानता भन्ने छ । विगतका नारा सबै पूरा भए नभएका सवै राष्ट्रका सरकारी र गैह्र सरकारी निकाय संस्थाले प्रतिवेदन प्रस्तुत गर्दैछन् । मैले नेपालको तर्फबाट औपचारिक रुपमा दुईपल्ट प्रस्तुत गर्ने अवसर पाएकी छु ।

एक वाक्यमा भन्नुपर्दा अमेरिका र अन्य विकसित पश्चिमा राष्ट्रका तुलनामा महिलाको समान अधिकारका सवालमा नेपाल साँच्चै अविकसित छ । एउटी अमेरिकी महिलाको छोरा, छोरी कुनै कानूनी बन्देजबिना अमेरिकाको राष्ट्रपति हुन्छ ।

नेपाली आमाका सन्तानले नागरिकतासम्म पाउन सक्दैनन् एकातिर भने अर्कोतिर पुरुष नेताले काँध थापेका महिला राष्ट्रको उच्च तहमा पुग्न सक्छन् ।
प्रश्न उठ्छ : अमेरिकामा मिस लुइन्सिकीलाई राष्ट्रपति बनाउन सक्ने कस्को तागत छ ?

हो, नेपालमा पढाइका आधारमा उच्च तहमा पुग्ने महिला शिक्षा, स्वास्थ्य निजामतीमा केही छन् । आफ्नै हैसियतमा पुगेका छन् । तर अन्य क्षेत्रमा अहिलेको अवस्थामा समान अवसर वा समानताको कुनै गुञ्जायस छैन् । यथास्थितीवादी पुरुष नेता र तिनका पृष्टपोषक महिला ‘हुन्छ मायालु’हरुले तलमाथि हुनै दिँदैनन् ।

२०६० मा महिला आयोगले सदस्य विन्दा पाण्डेको संयोजकत्वमा तयार पारेको लैंगिक समान संविधानको मस्यौदा बुझाउन जाँदा नेपालका सवभन्दा यथास्थितीवादी र राजतन्त्रका धोकेवाज सूर्यवहादुर थापा फेरि प्रधानमन्त्री भइसकेका थिए । मेरो आत्मग्लानीले शीर निहुरियो ।

प्रजातन्त्र आएको १३ वर्षपछि उही व्यक्ति, त्यो पदमा ? अब महिला आयोगको अन्त्य हुन्छ भन्ने मलाई लाग्यो । आखिर त्यही भयो । आयोग तुहियो । त्यही कारण म राजा ज्ञानेन्द्रका मन्त्रिमण्डलमा सामेल भै तीन वर्ष बन्न नसकेको आयोग बनाए । वन्दना राणा अध्यक्ष र अम्बिका गजमेर सचिव, समावेशीका आधारमा अन्य सदस्यहरु छानिएका थिए ।

राजतन्त्रसँगै आयोग पनि गयो । तापनि २०६१/०६२ को आन्दोलनले अघि बढाएका नेताले हामीले बनाएका अवधारणाहरु, महिला समानता र सिमान्तीकृत जातजाति, भूगोलको समानुपातिक प्रतिनिधित्ववारे बुझेर नबुझेर भाषणमा भने बहकिरहे ।

र, पहिलोपटक ३३ प्रतिशत महिला सांसद हुन पाए । तर यो अवधारणा दिगो हुन पाएन । जब संविधान, नियम र अन्य कानून बनाए, लैगिंक समान बूँदा हावामा विलाए । राणा र पञ्चायतका पालामा जस्तो आफ्ना काखामा र अरुका पाखामा भए । मथुराका निर्दयी र निरंकुश राजा कंशभन्दा सत्ताको उन्माद लागेका, पात्तिएका नेपाली नेता सातओटा भान्जा मार्ने कंशजस्तै छन् ।

बहिनी देवकी र ज्वाई वाशुदेवले कसरी सहे होलान् ? त्यसअवस्थामा आठौं सन्तान कृष्णको जन्म अवश्यभावी हुनाले कंशको नास हुने भविष्यवाणी भईसकेको थियो।

पशुपतिसमशेरकी ५० प्रतिशत भारतीय छोरी देवयानीले नेपालको राजतन्त्र खत्तम गरिदिइन् । खै त तर्क वितर्क ?
पचासै प्रतिशत भारतीय रगत भएका राजा महेन्द्र कसरी राष्ट्रवादी हुन पुगे ?

स्वस्थानीको किताव च्यात्ने नेतृले २१ औं सताब्दीका महिलाका दुश्मन नेताको मुख च्यात्ने हिम्मत गर्छन् त ? महिलाका मुद्धालाई दीगो समाधान हुँनै दिँदैनन् । यी मुद्धा त मागी खाने भाँडो हुन् नेपालमा । चित्रबहादुर केसी कुर्लन्छन्, ‘नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा…।’

नेपाली आमाका छोराछोरीको कुरा हो यो । पशुपतिसमशेरकी ५० प्रतिशत भारतीय छोरी देवयानीले नेपालको राजतन्त्र खत्तम गरिदिइन् । खै त तर्क वितर्क ?

पचासै प्रतिशत भारतीय रगत भएका राजा महेन्द्र कसरी राष्ट्रवादी हुन पुगे ? शाहराणा छोरीहरु र तिनका सन्तान भारतमा कता हराए ? भारतीय छोरीद्धय क्रान्ति ईश्वरी त्रि.वि.का. प्रथम कुलपति भए । आजका नकच्चरा लाजपचेका सत्तासीन राष्ट्रिय फाटाहाहरु आफ्ना सन्तानलाई अमेरिका, अष्ट्रेलिया र युरोपका नागरिक बनाउन सुनियोजित भ्रष्टाचार गरी गरिव नेपालीको कर दुरुपयोग गरिरहेका छन् भन्ने त कतै लुकेको छैन ।

नेपाली महिलाले ४५ वर्ष नारीदिवस मनाएपनि २५ वर्ष बेइजिंग सम्मेलन मनाएपनि आमाका नामबाट नागरिकता नदिएसम्म अन्य कुराको अर्थ छैन । महिलालाई राज्यले व्यक्ति नमानेको अवस्था हो यो ।

एउटी इमान्दार दाशीजस्तो नेपाल सम्पूर्ण अन्तरराष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गर्दै नम्बर एक देश बनेको सत्यता त भरखरको एमसीसीले छताछुल्ल पारेको जगजाहेरै छ । महिलामा नाममा यो झन् लागु छ । त्यस्तै सबभन्दा कम सम्झौता बुँदाहरु पालना गर्ने पनि नेपाल नै छ ।

महिलाको चौतर्फी विकास र अधिकारको हकवाला सरकारी गैह्रसरकारी निकाय, संघसंस्था च्याउ जसरी उम्रिएका पनि धेरै भईसक्यो । महिला अधिकारवादीका तथा महिलाहरुका असन्तोषका प्रश्नहरु सामाजिक सञ्जालमा देखिन्छन् । अमृता लम्सालको तर्कले डा. रेणु अधिकारीको पनि भावना बोकेको छ,  ‘‘नेपालमा Women Right (महिला अधिकार) भनेकै INGO (अन्तराष्ट्रिय गैह्र आवासिय संस्थाहरु)ले गर्ने खर्च र गरुन्जेलमात्र हो । तीतोरुपका भन्नुपर्दा दूध खुवाएर पालेका ढेंडुजस्तो ल्न्इ (गैह्र सरकारी संस्था) र त्यसका प्रमुख पाल्ने काम क्ष्ल्न्इ ले गरेकै छन् । भोलि पनि गर्छन् । त्यति भए पुगेन र ?’’

राजनैतिक नेतृ पम्फा भुषाल पार्टीमा पितृसत्ता हावी भएको भन्दै प्रश्न गर्छिन्, – ‘‘महिलाले अवसर पाउन श्रीमान सहिद हुनैपर्ने हो ?श्रीमान् सहिद हुनुपर्नै वा राजपरिवारजस्तो खानदानी हुनुपर्ने ?’’ राजतन्त्रकै पालामा विभिन्न मन्त्रालयका मातहतमा स्थापित महिला विकास कार्यमा धेरै महिला एकैपल्ट हचुवाका भरमा नियुक्ति भएका थिए।

भारतले जन्माएका माओवादीले नेपालका कुनाकाप्चामा आतंक मच्याएका बेला म ३५ ओटा जिल्लामा पुग्दा सरकारको उपस्थिति भन्नु तिनै महिला अधिकृतमात्र हुन्थे आफ्नो ज्यान बाजी राख्ने । काम गरेका भएपनि उनीहरु स्थायी भएका थिएनन् । महिला आयोगको ठूलो उपलब्धि उनीहरुलाई स्थायी गराउन सफल भयो । तर आज पनि महिला विकासलाई संस्थागत हुन नदिने तत्वहरुले आयोग फेरि पदाधिकारी वहिन बनाएका छन् भने वरिष्ठ न्यायकर्मी मिरा ढुंगानाले सर्वोच्चमा मुद्धा नै दायर गर्नुपरेको छ ।

महिला आयोगलाई किन पदाधिकारीविहिन बनाएको भनेर सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको पनि छापामा आएको छ । पानीमरुवा पुरुष नेता र तीनका पृष्ठपोषकहरु महिलाको विकास र समानुपातिक प्रतिनिधित्व हुन दिँदैनन् भन्ने सावित भएका बेला न्यूयोर्कमा हुने भेलामा केही नेपाली महिलाको प्रतिनिधित्व सांकेतिक मात्र हो ।

नेपालमा महिला आफ्नै हैसियतमा जुन ठाउँमा जे गर्दैछन् त्यो अर्थपूर्ण छ । महिलाहरु तीज, पञ्चमी, मातातीर्थऔंशी, कुशेऔंशीदेखि मनाएर राष्ट्रिय अन्तराष्ट्रिय दिवसहरु मनाउँदा पनि कानून र देश विकासको मूलधारमा समान बढ्न नपाउनु, पुरुष भने महिलालाई बलात्कार गरेपनि, भ्रष्टाचार गरेपनि, जघन्य अपराधमा रंगेहात पक्राउ परे पनि ठाडो शीर पारेर पात्तिएर सत्ता समातेर बस्नसक्ने अधिकार कहाँबाट पाए ? हामी महिला लाछी भएर, विभाजित भएर, एकता नभएर, हामीले पुरुषलाई पुल्पुल्याएर ।

असल छोरा बैरागिएर बुद्ध हुन गए होलान् । केही त्यस्ता छोरा राम भएर हिँडे कि ? वा आमाकै गर्भमा तुहिएका पनि होलान् । कंश जन्माउने आमालाई शात्र के थाहा हुनु ? शास्त्रले भन्छ कुपुत्र जन्मनुभन्दा नजन्मनु राम्रो हो । छोरा खराव हुन सक्छ आमा कहिल्यै खराव हुन्नन् । अत अव मातृशत्तिको पुनरावृत्ति हुनु जरुरी छ । किनकि आमाहरु छोराजति खराब कहिल्यै हुन सक्दैनन् । नेपालको मात्र सवाल होइन्, अबका दिनमा विश्वमा तेस्रो विश्वयुद्ध हुन नदिनदेखि लिएर राष्ट्रिय सरकारमा समान प्रतिनिधित्व र विकासका लागि महिला शक्तिले अग्रसर हुनुपर्यो र हामी कंशलाई जन्मन नदिनेमा एक बचनवद्ध भएमा हिटलर पनि जन्मन सक्दैन तथास्तु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *