अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
काठमाडौं। अमेरिकन कन्जर्भेटिभ युनियन (एसीयु)ले गत हप्ता मेरिल्याण्डको नेशनल हार्बरमा भएको कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्सका एक सहभागीमा कोरोनाभाइरस संक्रमण देखिएको शनिबार जानकारी दिएको छ ।
यो कन्फरेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत प्रशासकीय अधिकारीहरु सहभागी थिए । यद्यपि एसीयुले संक्रमित सहभागी राष्ट्रपति र उपराष्ट्रपतिको सम्पर्कमा नआएको तथा राष्ट्रपति र उपराष्ट्रपति मुख्य हलमा भएको कार्यक्रममा सहभागी नभएको जनाएको छ ।
यद्यपि राष्ट्रपति ट्रम्प भने यसबाटै कुनै किसिमले चिन्तित नभएको जनाइएको छ । सीएनएनका अनुसार संक्रमित व्यक्ति सहभागी भएको बैठकमा आफू पनि भएका कारण कुनै चिन्ता लागेको छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ट्रम्पले भने ‘म चिन्तित छैन ।
Facebook Comment