एटलेटिको म्याड्रिड र सेभिया बराबरीमा रोकिए

डिसी नेपाल
२५ फागुन २०७६ १२:१४

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड र सेभिया बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा एटलेटिको र सेभिया २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

घरेलु मैदानमा बराबरीमा रोकिएपछि एटलेटिकोले लिगको टप चारमा उक्लिने अवसर फेरी एक पटक गुमाएको छ ।

एटलेटिकोका लागि जोआओ फेलिक्स र अल्भारो मोराटाले एक एक गोल गरेका थिए भने सेभियाका लागि लूक डि जोंग र लुकास ओकाम्पोसले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि सेभियाको २७ खेलमा ४७ अंक छ र लिगको तेस्रो स्थानमा छ भने एटलेटिको भने २७ खेलमा ४५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *